१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकार महासंघ स्थापना दिवस

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ०८:२१

काठमाडौं । नेपाल पत्रकार महासंघको ६३औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पत्रकारिताप्रति रुचि बढ्दै गएको पाइए पनि पेशागत सुरक्षा र समयमा तलब नपाउने जस्ता कारणले गुणस्तरीयता बढाउने चुनौती थपिदै गएको छ । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पारिश्रमिक गुणस्तरीयताको बृद्धिको मुद्दालाई प्राथमिकताका साथ उठान गरिरहेको बताउनु भएको छ । पेशागत सुरक्षा र आमसञ्चार क्षेत्रको पुर्नसंरचना अहिलेको मुख्य चुनौती रहेको उहाँले बताउनुभयो । दिवसको अवसरमा महासंघले शुक्रबार पूर्व अध्यक्षहरुलाई सम्मान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।