१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काठमाडौंका ठाउँ–ठाउँमा विद्यार्थीको प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ०८:२६

काठमाडौं । शिक्षा ऐन नवौं संशोधन खारेजको माग गर्दै विद्यार्थी संगठनले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । विद्यार्थीको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । विद्यार्थी संगठनले बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, त्रिचन्द्र कलेज घण्टाघर, आरआर क्याम्पस प्रदर्शनीमार्गलगायत क्याम्पस अगाडि सडकमा विरोध प्रदर्शन गरेका हुन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरम, अखिल छ्रैठौं र अखिल पाँचौं शिक्षा ऐन संशोधनको विपक्षमा उभिएका हुन् । बिहान विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका विद्यार्थी संगठनले विहान ११ बजे माइतीघर मण्डलामा विरोधका कार्यक्रम पनि गर्दैछन् ।