१३ बैशाख २०८१, बिहीबार
Follow Us

आर्थिक नीतिबारे आज श्वेतपत्र जारी हुँदै

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ०९:०३

काठमाडौं । सरकारले आज आर्थिक श्वेतपत्र जारी गर्दैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पत्रकार सम्मेलन गरेर दिउसो ३ बजे अर्थ मन्त्रालयमा आर्थिक स्वेतपत्र जारी गर्न लागेका हुन । नयाँ सरकारले अबका दिनमा लिने आर्थिक नीति स्पष्ट पार्न श्वेतपत्र जारी गर्न लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । स्वेतपत्रमा संघीयता कार्यान्वयनपछि देखापरेका आर्थिक व्यवस्थापनका मुद्दाहरु पनि समावेश हुने बताइएको छ ।

अर्थतन्त्रका अधिकांश परिसूचक चूनौतिपूर्ण रहेको भनिएको बेला जारी हुन लागेको श्वेतपत्रमा सरकारले अबका दिनमा लिने आर्थिक नीतिको खाका समेटिएको हुनेछ । श्वेतपत्रमा सरकारले लिने वैदेशिक सहायताको नीति र आर्थिक वृद्दिका लागि चालिने कदम पनि उल्लेख हुनेछ । अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न अर्थमन्त्री युवराज खतिवडाले पदवहाली गरे लगत्तै श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए ।

सरकारले यसअघि पछिल्लो पटक भारतले नाकाबन्दी लगाएको समयमा पनि आर्थिक श्वेतपत्र जारी गरेको थियो ।