८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ११:०५

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक गरेको छ । प्रधानमन्त्री ओली २३ गते शुक्रबार दिल्ली प्रस्थान गर्नु हुनेछ भने २५ गते आइतबार नेपाल फर्किनु हुने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, मन्त्री, संसद सदस्यहरु र सरकारका उच्च अधिकृतहरुको भारत भ्रमणमा जानु हुनेछ ।

प्रधानमन्त्री ओलीसँग भारत भ्रमणमा जाने अन्यको नाम सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री मोदी र अन्य वरिष्ठ मन्त्रीहरुसँग वार्ता गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले उत्तराखण्डको पन्तनगरमा आयोजित एउटा कार्यक्रममा समेत सहभागी हुनुहुनेछ ।