१३ बैशाख २०८१, बिहीबार
Follow Us

शिक्षक सेवा आयोगको परीक्षा स्थगित

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ११:११

भक्तपुर । स्थायी रुपमा कार्यरत सामूदायिक विद्यालयका शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको परीक्षा स्थगित भएको छ । आयोगले आज एक सूचना प्रकाशित गरि आगामी शुक्रबारका लागि तय गरिएको परीक्षा स्थगित गरेको हो ।

अस्थायीलाई मात्र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने सरकारी तयारी अव्यवहारिक रहेको र सम्पूर्ण अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी गराउनुपर्ने माग गर्दै छुट्टाछुट्टै आमरण अनशनमा बसेका समूहको माग पुरा गराउने सम्बन्धमा छलफल गर्न तत्कालका लागि परीक्षा स्थगित गरिएको बताइएको छ ।

अस्थायी शिक्षकलाई मात्र स्थायी प्रक्रियामा सहभागी गराउन नहुने भन्दै शिक्षा शास्त्र संकाय पढेका विद्यार्थीहरु आन्दोलनमा छन् । उनीहरुको आन्दोलनमा विद्यार्थी संगठनहरुले समेत साथ दिएका छन् । २०७२ अघि अस्थायी सेवामा प्रवेश गरेका शिक्षकको आवेदन लिएर परीक्षा लिन लागिएको थियो ७५ प्रतिशत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरेर २५ प्रतिशतका लागि खुला प्रतिस्पर्धा गराउने सरकारको तयारी थियो ।

६ लाखभन्दा बढी विद्यार्थी अध्यापन अनुमतिपत्र लिएर खुला प्रतिस्पर्धा गर्न तयार रहेको अवस्थामा आन्तरिक प्रतिस्पर्धा हुन लागेको भन्दै विद्यार्थी विरोधमा थिए ।