७ बैशाख २०८१, शुक्रबार
Follow Us

श्वतपत्र जारी, ‘राज्यको ढुकुटी खाली छ’

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ११:१६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक अवस्थाको यथार्थ विवरण समेटिएको श्वेतपत्र संसदमा पेश गर्नुभएको छ । संघीयता कार्यान्वयनपछिको आर्थिक व्यवस्थापन, वैदेशिक सहायतासहित सरकारले लिने आर्थिक नीति प्रष्ट पार्न अर्थमन्त्री खतिवडाले श्वेतपत्र संसदमा पेश गर्नुभएको हो ।

संसदमार्फत श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र अनौपचारिक रुपमा रुमलिएको बताउनुभयो । उहाँले बजेट अनुशासन उल्लघंन हुँदा देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको र वैदेशिक सहायता नहुँदा मुलुकको आर्थिक स्तर नाजुक रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री खतिवडाले चालु आर्थिक वर्षमा ६ खर्ब आर्थिक व्यापार घाटा भएको भन्दैे उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम र योजना तर्जुमामा होडबाजी हुँदा नयाँ आर्थिक वर्षमा बजेट तर्जुमा गर्न समेत समस्या उत्पन्न हुने बताउनुभयो ।