१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेसका नेता खुमबहादुर खड्काको निधन

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार १४:३३

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न ५:१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित हुनुहुन्थ्यो ।