१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेता खड्काको निधनमा जनसम्पर्क समिति वेलायत शोकमग्न

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७४, शुक्रबार १७:१८

लण्डन । नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काको निधनमा नेपाली जनसम्पर्क समितिले दुःख व्यक्त गरेको छ । समितिका सभापति युवराज गुरुङ्गद्धारा शुक्रवार जारी विज्ञप्तिमा खड्का प्रति श्रदाञ्जली अर्पण गर्दै र सोकसन्तप्त खड्का परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ । खड्काको शुक्रवारनै भारतको नयाँ डिल्लीमा मृगौला रोगको कारणले निधन भएको थियो ।

विज्ञप्तिको पूर्णपाठ
नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि जीवन समर्पण गरेका एक सघर्षशील आदरणीय नेताखुमबहादुर खड्काको निधनको खवरले म आज शोकमग्न भएको छु ।

नेपाली कांग्रेसका बहालवाला केन्द्रिय सदस्य एबं पूर्व गृहमन्त्री खड्काको निधनले नेपाली जनसम्पर्क समिति बेलायतले एक अबिभावक र नेपालले एक जिम्मेवार र अनुभवी नेता गुमाएको छ ।

म आफ्नो ब्यक्तिगत तर्फबाट र बेलायतवासी सम्पूर्ण लोकतन्त्रवादीहरुको तर्फबाट स्वर्गीय खड्काको पार्थिव शरिरप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछु र सोकसन्तप्त खड्का परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछु ।

युवराज गुरुङ
सभापति
नेपाली जनसम्पर्क समिति यूके