७ बैशाख २०८१, शुक्रबार
Follow Us

पुनःसशक्त संघर्ष गर्ने मोहन बैद्यको चेतावनी

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७३, शनिबार ०४:०४

बाँके । नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले राष्ट्रियता स्वाधीनताको रक्षाका लागि पुनः सशक्त संघर्ष र आन्दोलन आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार कोहलपुरमा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा वैद्यले आफुहरुले यही भदौ १५ गतेबाट सुकुम्बासी समस्या र अपर कर्णालीको विषयलाई लिएर संघर्षका कार्यक्रमहरु अघि सारेको बताउनुभयो ।
अध्यक्ष वैद्यले जनयुद्धको बलबाटै सत्तामा पुगेका अवसरबादीहरुले देशलाइ गम्भीर संकटमा पारेको जिकिर गर्नुभयो । आफुले पहिलो चुनावमा भाग लिएको वेला पार्टी एक नम्बर पार्टी भएको तर दोस्रो चुवावमा सम्म आउदा संविधानमा दक्षिणपन्थीहरु हावी भएकोले चुनावबाट बाहिरिएको बताउनुभयो ।