१२ बैशाख २०८१, बुधबार
Follow Us

नेता खड्काको पार्थिव शरिर राति ९ बजे काठमाडौं ल्याइने, अन्त्यष्टि अपरान्ह ३ बजे पशुपति आर्यघाट

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७४, शनिबार ०८:२६

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार राति ९ बजे मात्र काठमाडौं ल्याइने भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पार्टी प्रवक्ता विश्वोप्रकाश शर्माले दिनुभएको जानकारी अनुसार नेता खुमबहादुर खड्काको शव आज राती ९:०० बजेको फ्लाईटमा दिल्लीबाट काठमाडौ ल्याइने भएको छ । भोलि बिहान ९:०० बाट १:०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने छ । भोलि ११:०० बजे केन्द्रीय समितिको बैठक श्रद्धाञ्जली एवं शोक प्रस्ताव केन्द्रित रहने छ भने अन्तिम संस्कार भोलि अपरान्ह ३ बजे पशुपति आर्यघाटमा हुनेछ ।