१३ बैशाख २०८१, बिहीबार
Follow Us

विश्व नेपाली साहित्य सम्मेलन आगामी ११/१२ अगष्ट २०१८ का दिन युकेमा हुने


१७ चैत्र २०७४, शनिबार १०:३१

लन्डन । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११ – १२ अगष्ट २०१८ का दिन ’दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ युकेमा आयोजना गर्ने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष विश्वासदीप तिगेला र महासचिव डा. लेखनाथ काफ्ले द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाएको छ ।

उक्त सम्मेलनको निम्ति केन्द्रीय सचिव साहित्यकार केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको समेत जानकारी गराएको छ ।

बैठकले यस बर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके शाखालाई घोषणा गरेको छ । यस अघि साउदी अरेबिया, रसिया र ईजरायल शाखा उत्कृष्ट घोषणा भईसकेका छन् ।

प्रेस विज्ञप्ति

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११ – १२ अगष्ट २०१८ का दिन ’दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ युकेमा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सम्मेलनको निम्ति केन्द्रीय सचिव साहित्यकार केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको समेत जानकारी गराइन्छ ।

बैठकले यस बर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके शाखालाई घोषणा गरेको छ । उत्कृष्ट शाखा बन्न सफल साउथ युके शाखालाई बधाई । यस अघि साउदी अरेबिया, रसिया र ईजरायल शाखा उत्कृष्ट घोषणा भईसकेका छन् ।