१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन कतारको रक्तदान कार्यक्रम


१७ चैत्र २०७४, शनिबार १०:३८

लन्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा क्रियाशील ६४ वटा नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम २३ मार्च २०१८ का दिन कतारको हमाद मेडिकल कर्पोरेसन, रक्त संकलन केन्द्रको परिसरमा आयोजित कार्यक्रम ८७ जनाले रक्तदान गरेका थिए ।
आयोजक संस्था गैरआवासीय नेपाली संघ कतारले आयोजक संस्थाहरुको तर्फबाट सम्पूर्ण रक्तदातालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राखेका विज्ञप्तिमा उल्लेख छ ।