१२ बैशाख २०८१, बुधबार
Follow Us

अष्ट्रेलियाको नेपाली महोत्सवमा एनआरएन अध्यक्ष भट्ट आर्कषण (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७४, शनिबार १४:२५

लन्डन ।

एनआरएन पश्चिम अष्ट्रेलियाको आयोजनामा पर्थमा दोस्रो पटक नेपाल महोत्सव आयोजना गरिएको छ । महोत्सव विभिन्न नेपाली परम्परागत झाँकी र कलासंस्कृतीको पहिचान दिने उद्देश्यका साथ आज शुरु भएको हो । महोत्सव प्रत्येक दुई वर्षमा आयोजना गर्ने भनिएपनि यो पटक भने ४ वर्षपछि मात्र आयोजना भएको हो ।


महोत्सवको माध्यमबाट विदेशीलाई नेपाली पर्यटकीय क्षेत्र र कलासंस्कृतीको बारेमा जानकारी दिने उद्देश्य राखिएको छ । आयोजक समिती तथा एनआरएन पश्चिम अष्ट्रेलियाका संयोजक दीपक शर्माले अष्ट्रेलियामा रहेका विदेशी नागरिकलाई नेपालको बारेमा जानकारी दिन र नेपालको पर्यटन प्रबद्र्धनमा थप मद्दत पुगोस भन्ने लक्ष्य सहित महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टप्रति त्यहाँस्थित नेपाली आर्कषणको केन्द्र बनेका छन् ।

महोत्सवलाई नेपाली पन दिनका लागि आज विहानै पर्थको मुख्य शहरमा करिब २ किलोमिटर नेपाल परेडको आयोजना गरिएको थियो । जसमा नेपाली पोशाक लगाएका सयौं नेपालीले बिभिन्न झाँकी सहित पदयात्रा गरेका थिए । पदयात्रामा नेपालीहरु मात्र नभएर विदेशीहरुले समेत सहभागिता जनाएका थिए । कार्यक्रमको ब्यवस्थापन सम्हालिरहेका राज थपलियाले विदेशीहरुको नेपाली कलासंस्कृती र पर्यटनप्रतिको मोहले कार्यक्रमलाई अझ सफल बनाइरहेको दावी गर्नुभयो ।

करिब ५० लाख बढी खर्च लाग्ने भनिएको कार्यक्रमलाई सहयोग गर्ने नेपालीहरु समेत उल्लेख्य नै भेटिएका छन् । स्थानीय ब्यवसायिहरु मात्र नभएर यहााका एनआरएनका अगुवाहरु आफैले खर्च गरेर समेत कार्यक्रम सम्पन्न गर्न लागिपरेका छन् । कार्यक्रमलाई हजारौं डलर सहयोग गरेर सफल बनाउन लागिपरेका केबिए ग्लोबलका प्रमुख शम्भु कंडेलले यस्तो कार्यक्रममा सहयोग गन पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।

सामाजिक संस्थाको रुपमा पनि एनआरएनले नेपालको पर्यटन र कलासंस्कृतीको प्रबद्र्धनका लागि खेलिरहेको भुमिका उदाहरणिय देखिएको छ यद्यपी यस प्रकारका कार्यक्रममा नेपालीभन्दा पनि विदेशी अवलोकनकर्ताहरुलाई अझ आकर्षित गर्न सक्ने हो भने कार्यक्रम अझ सफल हुनेमा कुनै शंका छैन् ।