१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनको सहयोगमा टोगोमा अलपत्र ६ नेपालीको उद्दार

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७४, शनिबार १४:३९

लन्डन । अमेरिका लग्ने भनेर दलाल द्वारा पश्चिमी अफ्रिका स्थित मुलुक टोगोमा अलपत्र पारिएका ६ जना नेपालीहरुको उद्धार गरिएको छ । महेश्वर आचार्य , कमल बहादुर धर्ती , मीन बहादुर श्रीस पुन , अशोक पौडेल , जीवन श्रेष्ठ र सोनामछिरी शेर्पाको गैरआवासीय नेपाली संघका
सहयोगमा उद्धार गरिएको हो । उनिहरु गत हप्ता नाइजेरिया स्थित एनआरएनए कोषाध्यक्ष हिक्मत थापासँग सम्पर्कमा आएर उद्दार र घर फिर्तीका लागि सहयोग मागे पछि थापाले एनआरएनए मार्फत सहयोगका लागि पहल गरेका थिए । उनीहरुको राहदानी समेत दलालले राखेर अन्त्यन्तै कष्टकार अवस्थामा ६ महिना देखि पश्चिमि अफ़्रिकि मुलुक टोगोमा राखिएको थियो ।
थापाले अप्ठ्यारोमा परेका नेपालीको उद्धार भएकोमा खुशी व्यक्त गरे । उनले उद्दारका लागि चासो राखी दिएकोमा नेपाल सरकार , परराष्ट्र मन्त्री , ट्राभल डकुमेन्ट लगाएतको सहयोगको लागि दक्षिण अफ्रिका स्थित नेपाली राजदूत अमृत बहादुर राई , बिष्णु गौतम र दुतावास परिवार , एनआरएनए सचिब डिबि क्षेत्री , एनआरएनए कि वैदेशिक रोजगार अधिकृत स्वेच्छा घिमिरे , एनआरएनए सचिबालय काठमाडौं , एनआरएनए नाइजेरिया परिवार र कान्तिपुर का पत्रकार देबेन्द्र भट्टराईलाई धन्यवाद दिए ।
उनीहरु आइतवार बेलुकी दिल्ली हुँदै काठमाडौं पुग्दैछन ।