४ बैशाख २०८१, मंगलवार
Follow Us

फोरम लोकतान्त्रिक सरकारमा नजाने

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७३, शनिबार ०४:१४

काठमाडौं । मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्मानजनक मन्त्रालय नपाए सरकारमा नजाने बताउनुभएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले महत्वपूर्ण र आकर्षक मन्त्रालय नपाए सरकारमा नजाने बताउनुभएको हो ।
वर्तमान सरकारमा जानका लागि अब पशुपक्षी विकास, विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाइ महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मात्र बाँकी रहेका छन् ।
साना मन्त्रालय लिएर सरकारमा जाँदा पार्टीको अपमान हुने उहाँको भनाइ छ । त्यसैगरी सो पार्टीले ५६५ स्थानीय निकायको सङ्ख्यामा परिर्वतन गर्नुपर्ने माग गरेको सो पार्टीका नेता रामजनम चौधरीले राससलाई जानकारी दिनुभयो ।