१४ बैशाख २०८१, शुक्रबार
Follow Us

झिल्के भेनासँग केशु

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७४, आईतवार ०७:५५

काठमाडौं । गायिका केशु गुरुङ हिजो शनिबार काभ्रेस्थलीमा भेटिइन् । गुरुङ भेषभूषामै भेटिएकी केशुलाई टाडैबाट भेनाले चिने । खुर्पेटो र नाम्लो बोकेर ठाटिएकी सालीलाई देखेपछि झिल्के भेनाले नचिन्ने कुरै भएन ।
शब्दाचारण गर्दै रमाइलो लाग्ने यो दृश्य म्युजिक भिडियो छायांकन हो, जहाँ ‘झिल्के भेना’ बोलको कौरा गीतको छायांकन भिडियो हुँदैथियो ।
खुर्पेटो नाम्लो भिरेर साली वनमा हिडेको
टाढैबाट भेनाले साली चिनेको सैसै…
दुर्गा गुरुङ, टिका पुन, तेजेन्द्र दुरा र केशु गुरुङले गाएको उल्लेखित कौराको शनिबार काभे्रस्थलीस्थि एक घरमा छायांकन गरिएको छ । भिडियोमा साली अर्थात् सोल्टिनीको भूमिका गायिका केशु गुरुङले गरेकी छन् । झिल्के भेनाको भूमिका भने आनन गुरुङले गरेका छन् । भिडियोमा केशु र आननको जोडी कतिको खुल्छ त्यो भने भिडियो रिलिज भएपछि थाहा हुन्छ । तर, छायांकन गरिरहेको बेला भने निकै खुलेका थिए ।
गुरुङ पहिचान बोकेको कौरा गीतमा मोडलिङ गरेपछि केशुले भनिन्, ‘आफ्नो कल्चरल भिडियोमा अभिनय गर्दा रमाइलो लाग्यो ।’ भिडियोमा सोल्टी–सोल्टिनीको भूमिका भएकाले झनै छुट्टै रमाइलो अनुभव भएको केशुले सुनाइन् ।
रेवत राना मगरको लय, रेशम गुरुङको शब्दरचना र दुर्गा गुरूङको म्युजिक संयोजन रहेको यस भिडियोको निर्माण रेवत मगर र रेशम गुरूङले गरेका हुन् । राजु गुरुङले निर्देशन गरेको यस कौरा भिडियोमा पर्सन गुरुङले कोरियोग्राफी गरेका छन् ।
यो भिडियो चाँडै नै दर्शक तथा श्रोतामाझ आउने बताइएको छ । स्वास्थ्यकर्मी समेत रहेकी गायिका केशु गुरुङ यसै भिडियोका लागि दमौलीबाट राजधानी आएकी छन् । यसै मौकामा एउटा गीत रेकर्डिङ गरेर दमौली फर्किने केशुले बताइन् ।