१३ बैशाख २०८१, बिहीबार
Follow Us

केन्द्रदेखि वडासम्मै दुई अध्यक्ष राख्ने माओवादी केन्द्रको प्रस्ताव

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७४, आईतवार १४:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रदेखी वडासम्मै दुई प्रस्ताव प्रस्ताव गरेको छ । माओवादीले पार्टी एकतापछि केन्द्रमा जस्तै तल्ला कमिटीहरुमा पनि दुई अध्यक्ष राख्न प्रस्ताव गरेको हो । पार्टी एकता हुँदा सबै नेता–कार्यकर्ताको व्यबस्थान गर्न असहज हुने भन्दै सबै कमिटीमा दुई अध्यक्ष राख्न प्रस्ताव अघि सारिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

उनका अनसार केन्द्रदेखि तलैसम्म प्रतिशतका आधारमा समायोजन गर्दा पार्टी एकतामा समानता हुन नसक्ने ठहर गर्दै माओवादी केन्दले सो पस्ताव अघि सारेको हो । एमालेले भने सबै कमिटीमा दुई अध्यक्ष राख्दा दुई पार्टीको अभ्यास हुने सो प्रस्ताव अस्विकार गरेको छ । एमालेले प्रदेशमा संयोजक र सहसंयोजक तथा अन्य कमिटीमा अध्यक्ष र सचिव राख्ने प्रस्ताव अघि सारेको छ ।