१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘एनआरएन भवन निमार्ण प्रगति वारे पूर्वअध्यक्ष घले प्रसन्न’


१८ चैत्र २०७४, आईतवार १७:४७

 

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष शेष घलेले काठमाण्डौंमा बन्दै गरेको एनआरएन भवनको निरिक्षण गरेका छन् । आफ्ना केही निकटवर्ती सहितको टोली लिएर आइतवार बालुवाटार स्थित निर्माणाधीन भवन स्थलमा पुगेका घलेले एनआरएनएको भवनलाइ सबै एनआरएनहरुको साझा बिचार आदनप्रदान गर्ने पवित्र चौतारी बन्नु पर्ने जोड दिए ।

घलेले भवन निर्माण कार्य यथासिघ्र सम्पन्नगरी संघको कार्यालय संचालन हुनु पर्ने वताए । उनले एनआरएनहरुको बिचार आदानप्रदान गर्ने साझा केन्द्र बनाउनु पर्नेमा वताए ।
घलेले अध्यक्षको नेतृत्वमा रहंदा ५० औं लाख एनआरएनहरुको सहयोग सम्झदै आफूले देखेको साझा घरको परिकल्पनाले सार्थकता पाएकोमा खुशी ब्यक्त गरे।
सम्पूर्ण एनआरएनको साझा घरले हरेक एनआरएनलाइ यस घरभित्र आउँदा मातृभूमिप्रतिको स्नेह झल्कने पनि घलेले स्मरण गराए। उनले शंखमूलमा एनआरएनहरुको सहयोगमा निर्माणाधिन शंखमूलघाट र एनआरएन पार्कको अवलोकन समेत गरेका थिए।

निरिक्षण टोलीमा जमुना गुरुङ, सचिव जानकी गुरुङ, योगेन क्षेत्री, एसिया प्यासिफिकका पूर्व आरसी त्रिलोक गुरुङ, पुर्व सल्लाहकार युवराज गुरुङ, बेलायतका पूर्व अध्यक्ष मुक्षेत्र गुरुङ, एसिया प्यासिफिकका पूर्व डिआर्सी गोबिन्द श्रेष्ठ, बहराइनका पुर्व अध्यक्ष श्याम तामांग, पासाङ्ग लामा युएसए, लगायत सहभागी थिए।

घले दम्पती भुकम्प पीडितका लागि एनआरएनद्वारा निर्मित गोर्खाको लाप्राक नमुना बस्तीको अवलोकनका लागि लाप्राक जाने तयारीमा छन् । घले गत अक्टोवर महिनामा सम्पन्न संघको केन्द्रिय महाधिवेशन लगत्तै अस्ट्रलिया गएका थिए ।