१५ चैत्र २०८०, बिहीबार
Follow Us

म्याग्दी राखु नेपाली समाज युकेमा नयाँ नेतृत्व


१८ चैत्र २०७४, आईतवार १८:०६

लन्डन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती र ३ राखु पिप्लेबाट बेलायतमा सबोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेको नयाँ नेतृत्व चयन भएको छ । राखु क्षेत्रमा सामाजिक कार्यमा सहकार्य गर्न गठन भएको उक्त संस्थाको छैटौँ अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

एम्पायर हल अल्दर्सट मा सम्पन्न भएको अधिबेशनबाट रत्न साहीको अध्यक्षतामा नयाँ कार्य समित चयन भएको छ । समितिको उपाध्यक्षमा बिष्णु भण्डारी , महासचिवमा नन्द मल्ल , कोषाध्यक्षमा सन्जिब मल्ल , कार्यक्रम संयोजकमा दिल मल्ल , सचिबमा नन्द शाही , महिला प्रतिनिधिमा पुस्पा मल्ल र लक्ष्मी भण्डारी चयन हुनुभएको छ।

त्यसैगरि समाजको संरक्षकको रूपमा मेजर डम्बर साही र विशिष्ट सल्लाहकारमा अमर मल्ल , भगवान मल्ल र सोबिता साहीलाई चयन गरिएको छ । यस समाजले राखु क्षेत्रमा आईपर्ने विभिन्न सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्दै आएको छ ।