१५ चैत्र २०८०, बिहीबार
Follow Us

बाग्लुङ्ग समाज यूकेको भेला १७ जुनमा हुने


१८ चैत्र २०७४, आईतवार १८:२५

लण्डन । बाग्लुङ्ग जिल्लाबाट वेलायत आएर बसोवास गरेका नेपालीहरुको भेला हुने भएको छ । बाग्लुङ्ग समाज यूकेका अध्यक्ष दीपक कुमार काउचाका अनुसार आगामी १७ जुन आइतवारका दिन वार्षिक भेलाको आयोजना गर्न लागिएको हो । समाजको यो १० औं वार्षिक भेला हो ।

फानव्रो स्थित स्याम्योल कोडे कलेजमा आयोजना हुने सो भेलामा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी लगायत विभिन्न संघसँस्थाका प्रतिनिधीहरुलाई समेत आमन्त्रण गरिने भएको छ । काउचाका अनुसार १० औं वार्षिक उत्सव समेत भएको कारणले भेलालाई विषेश समारोहको रुपमा मनाउने तयारी समाजले गरेको छ ।

कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने छ । सो कार्यक्रममा भाग लिन नेपाल देखी लोक गायक तथा गायिकालाई आमन्त्रण गर्ने तयारी समाजले गरेको छ।