१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भारत भ्रमणलगत्तै प्रम ओली चीन जाने

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७४, सोमबार ०५:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतपछि चीनको भ्रमण गर्ने तयारी गर्नु भएको छ । नयाँ दिल्लीबाट फर्किएलगत्तै ओली बेइजिङ जाने तयारीमा रहनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अप्रिल ८ गतेदेखि चीनको हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्च (बोआओ फोरम फर एसिया) को वार्षिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्लीबाट फर्किएलगत्तै चीन जान सक्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन् । बोआओ सम्मेलन अप्रिल ८ देखि ११ सम्म चीनमा हुँदैछ ।