१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारत भ्रमणअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७४, सोमबार ०५:२१

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुबै बैठक आज बस्दैछ । बैठकमा दुई अध्यादेश स्वीकृत गर्नेगरी सम्भावित कार्यसूची तय भएको छ । यद्यपि कार्यव्यवस्था परामर्श समितिले औपचारिक रुपमा कार्यसूचीलाई अन्तिम रुप दिएको छैन।

आजै राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र चिकिस्ता शिक्षा अध्यादेशलाई स्वीकृत गर्ने सम्भावित कार्यसूची रहेको छ । दुबै विधेयक १५ चैतको बैठकमा पेश भएका थिए । संसद् अधिवेशन जारी नरहेको बेलामा दुबै विधेयक जारी भएका थिए । अध्यादेश स्वीकृत हुने चरणमा पुगे पनि प्रतिस्थापन विधेयक भने दर्ता भएका छैनन् ।

यस्तै, चैत २३ गतेदेखि हुन लागेको आसन्न भारत भ्रमणअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्नु हुने भएको छ । सम्बोधनको जनाउ संसद् सचिवालयलाई दिए पनि समय तय भइसकेको छैन। सम्बोधनको मिति यकिन नभए पनि अधिवेशन अन्त्यअघि सम्बोधनको तयारी छ। विचाराधीन अध्यादेश स्वीकृतपछि संसदलाई विजनेश छैन। विजनेश नभएपछि अधिवेशन अन्त्यको तयारी गरिएको छ।