१२ बैशाख २०८१, बुधबार
Follow Us

बराबरीको सिद्धान्तमा मात्रै पार्टी एकता : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७४, सोमबार १४:५४

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नु पर्ने बताउनु भएको छ । भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग अध्यक्ष दाहालले पार्टी एकता प्रतिशतका आधारमा नहुने बताउनु भयो । उहाँले पार्टी एकता सिद्धान्तत प्रतिशतका आधारमा नहुने भन्दै चुनाव जस्तो हुँदैन भन्न खोजिएको मात्रै हो भन्नु भयो । अध्यक्ष दाहालले यसले पार्टी एकतामा अफ्ठ्यारो पर्ने स्थिति नभएको भन्दै एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने बताउनु भयो । प्रधानमन्त्रीको भारत भ्रमण अघि पार्टी एकता सम्भब नहुने पनि उहाँको भनाई थियो । उहाँले कार्यदलले दिएको रिपोर्ट अनुसार बैशाख ९ गते पार्टी एकता हुने बताउनु भयो ।