२६ बैशाख २०८१, बुधबार
Follow Us

लाप्राक पुगेका एनआरएन पूर्वअध्यक्ष घले चिटिक्क परेका घर देखेर दंग

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७४, सोमबार १८:५४

लण्डन। गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घलेले निमार्णधिन लाप्राक परियोजनाको निरिक्षण गरेका छन् । घले लाप्राक पुग्दा स्थानियहरुले स्वागत गरेका थिए।
नमुना बस्ति निर्माणमा श्रमदानमा खटिएका नेपाली सेना पनि घले दम्पतिको टिमलाई देख्नासाथ निक्कै उत्साही भएका थिए।समुन्द्र सतह देखि २८सय मिटर उचाइमा रंगीचंगी फुलेका लालीगुराँसका बिचमा निर्माणाधीन ६ सय १५ घरधुरी रहेको नमुना बस्ति निर्माणधिन छ ।

२०७२ सालमा आएको विनासकारी भुकम्पको केन्द्रबिन्दु भन्दा माथिको सुन्दर लाप्राक गाउँमा भुकम्प पिडितका लागि एनआरएनएले बस्ति निर्माण गरिरहेको छ। घलेले संघको नेतृत्व छोडे पछि गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको टोलीले सो परियोजनालाई सकृय रुपमा अघि बढाएको छ ।

घले सोमवार लाप्राक पुग्दा भुकम्पबाट दुर्इवटा पक्कि घर गुमाएकी ७१ बर्षीय कान्छी तामांगले आफ्नो पिडामा साथ् दिएर बस्ति बनाइदिने घले दम्पतिलाई आज आँखा सामु फेरीपनि देख्न पाउँदा खुशीले मन फुरुङ्ग भएको बताइन्।

त्यस्तै ८१ बर्षीय देशमान गुरुङले यातिराम्रा घर बनाइदिने व्यक्ति लाप्राक आएको भन्दै घले दम्पतिलाई भेट्नकै दुर्इ घण्टा हिडेर लाप्राकमा घलेलाई भेट्न आएको बताए।

गुरुङले आफ्नो यस नँया घरमा बसेर मात्र मर्ने धोको रहेको सुनाए। लाखौँ एनआरएनहरुको पहिचान बोकेको लाप्राक नमुना बस्ति निर्माण स्थलमा लाप्राकि र एनआरएनका सीईओसंग छलफल गर्दै डा घलेले लाप्राक नमुना बस्ति निर्माण एनआरएनको पहिचानसंग जोडिएको भन्दै तयार भएका चिटिक्क परेका भन्दै टिप्पणी गरे ।

घलेले बिपत्ति थेग्न सक्ने गरि एनआरएनको परामर्श र राय सुझावमा बनाइएको बस्ती चरणबद्द रुपमा अघि बढेकोमा खुशी ब्यक्त गर्दै पहिलेकै सम्झौता अनुरुप निर्माण सम्पन्न गरि बस्ति हस्तान्तरण गर्ने धोको रहेको वताए।

त्यस्तै लाप्राक गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राज गुरुङले हिउँदे हिउँ र बर्षे झरीले गर्दा निर्माण कार्यमा अवरोध हुने भन्दै पहिलेको डिजाइनमा बस्ति निर्माणलाई निरन्तरता दिनुपर्ने बताए ।

घले दम्पति संगै निर्माधीन नमुना बस्तीको अवलोकन गर्न एनआरएनका सचिव जानकी गुरुङ, जमुना गुरुङ, योगेन क्षेत्री, पुर्वआरसी एसिया प्यासिफिक त्रिलोक गुरुङ,बहराइनका पुर्व अध्यक्ष श्याम तामांग, युएसएका पासाङ्ग लामा, पुर्व महासचिव तेन्जी शेर्पा,कर्मा शेर्पा ,एनआरएनएका सीइओ हेमन्त दवाडी लगायत लाप्राक पुगेका थिए ।
– सोनि शर्माको सहयोगमा