१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सेवा अवरुद्ध गर्ने गाडीको रूट परमिट खारेज हुने

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७४, मंगलवार ०४:३१

काठमाडौं । सरकारले सिन्डिकेटको पक्षमा सेवा अवरुद्ध गर्ने सार्वजनिक सवारीहरुको रुट परमिट खारेज गर्ने भएको छ । त्यसका लागि गृह मन्त्रालयको सूचना संयन्त्रले मयूर यातायातको बिरोधमा चलाउन बन्द गरिएका सवारीहरूको विवरण लिन सुरु गरेको छ ।

मयूर यातायात प्रालिका सुविधासम्पन्न २४ बसलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा आइतबार अस्तिदेखि नेपाल यातायात व्यवसनयी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा संघरसमितिले काभ्रे र भक्तपुरका सबै ग्रामीण क्षेत्रमा सवारी चलाउन छाडेका छन् ।

यसरी सिन्डिकेटका पक्षमा बन्द गरिएका सवारीहरुको रकर्ड प्रहरी तथा ट्राफिक प्रहरीले लिन सुरु गरेका छन् । गोप्य रुपमा सूचना संकलन थालिएको र संकलन गरिएको सूचना यातातायात व्यवस्था विभागमा पठाइने गृहमन्त्रालयले जनाएको छ ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सार्वजनिक सेवामा हड्ताल गर्ने सवारीहरुको रुट खारेज गर्ने प्रक्रिया अघि बढाइएको बताउनु भएको छ ।