८ बैशाख २०८१, शनिबार
Follow Us

संसद अधिवेशन आज सकिँदै, प्रधानमन्त्रीको विशेष सम्बोधन

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७४, मंगलवार ०४:३५

काठमाडौं । संसद अधिवेशन आज सकिँदै छ । संसदमा रहेका राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृत भएपछि संसद अधिवेशन सकिनेछ । यो दुई अध्यादेश स्वीकृत भएसँगै सदनको चालु अधिवेशन अन्त्य हुने संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बताउनु भएको छ ।

संघीय संसदको दुवै सदनमा यी विषयहरु सकिएपछि कुनै पनि काम नभएको भनि सरकारलाई जानकारी गराईसकिएको छ ।
संसदले सरकारलाई दिएको जानकारी अनुसार आज विहान मन्त्रीपरिषद र्बैठक बसेर अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष अनुरोध गरिनेछ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्नु हुने भएको छ । भारत भ्रमणको तयारीमा रहनु भएका प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र यसअघि पाकिस्तानी प्रधानमन्त्रीले गरेको नेपाल भ्रमणबारे सदनलाई जानकारी गराउनु हुने भएको छ ।