८ बैशाख २०८१, शनिबार
Follow Us

बुलेरो दुर्घटनामाा वडाध्यक्षसहित पाँच जना गम्भीर घाइते

sarusaru
२० चैत्र २०७४, मंगलवार ०५:४०

दैलेख। दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ।

जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँजापती गम्भीर घाइते भएका छन्।

जिपमा सवार वडा नं ९ का लालबहादुर बडुवाल, नवीन बडुवाल, सूर्यबहादुर बडुवाल र कमल बडुवाल घाइते भएका छन्। उनीहरुको टाउको, आँखा र मुखमा गम्भीर चोट लागेको छ। चालक सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

सडकबाट जिप धेरै तल खसेकाले घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानरकारी दिएको छ। घाइतेको उपचारका लागि प्रदेश राजधानी सुर्खेततर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
– रासस