१३ बैशाख २०८१, बिहीबार
Follow Us

फेरि बढ्यो पट्रोलियम पदार्थको मूल्य

sarusaru
२० चैत्र २०७४, मंगलवार १०:४३

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर समान दुई-दुई रुपैयाँ मूल्य बढाइएको हो । स्वचालित प्रणाली अनुसार मूल्य वृद्धि गरिएपछि अब पेट्रोलको मूल्य आजै राति १२ बजेदेखि प्रतिलिटर एक सय पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ।
इन्डियन आयल कर्पोरेसन(आइओसी) ले बढेको मूल्यसूची पठाएपछि मूल्य बढाउनुपरेको जानकारी प्रवक्ता गोइतले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि स्वचालित प्रणाली अनुसार बढाएका हौँ’, गोइतले भने, ‘मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्यमा कुनै हेरफेर भएको छैन ।’