१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्नीको अन्तिम विदाइमा समालिन सकेनन् मदन

sarusaru
२० चैत्र २०७४, मंगलवार ११:१८

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने ।

अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो थियो ।

लामो समयदेखि क्यान्सर रोगले पीडित यशोधाको उपचारका क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । उनको गएराती ११ बजे निधन भएको हो ।