१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जलमार्ग र रेलमार्गबारे भारतसँग कुरा हुन्छ : प्रम ओली

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७४, मंगलवार ११:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे संसदलाई जानकारी गराउनु भएका छन् । छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको प्रधानमन्त्रीले बताउनु भयो । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्दि्रत गर्न प्रयास गर्ने बताउनु भएको हो । सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने पनि प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो : कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’ उहाँले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने बताउनुभयो । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जान लागेको जानकारी दिनुभयो ।

उनले विदेश नीतिको प्रस्थान विन्दु मित्रता हुने उल्लेख गर्दै मित्रता समानता र अहस्तक्षेपका आधारमा हुने पनि प्रस्ट गरे ।
नेपाल–भारतको सम्बन्ध कसैले बिगार्न चाहेर नबिग्रने भन्दै उनले भ्रमणकाक्रममा नयाँ सम्झौता गर्नेतिरभन्दा पनि पुराना सम्झौता कार्यान्वयन गराउनेमा केन्द्रित गरिने बताउनु भयो ।

कृषि, जलमार्ग, विद्युत्, पारवहनलगायतका क्षेत्रमा नयाँ सम्भावनाहरु खोजिने प्रधानमन्त्री ओलीले बताउनु भयो । चुलिएको व्यापार घाटा कसरी कम गर्न सकिन्छ भन्नेमा आफूले कुरा उठाउने उहाँले भनाइ छ । सार्क शिखर सम्मेलनका लागि वातावरण बनाउन भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो । क्षेत्रीय तनाव शिथिलता कम गराउन प्रयास गरिने उहाँले बताउनु भयो ।