१२ बैशाख २०८१, बुधबार
Follow Us

क्षेत्री समाज यूकेको अध्यक्षमा राजन क्षेत्री निर्विरोध

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७४, मंगलवार ११:४८

लण्डन । वेलायतस्थित क्षेत्रीहरुको साँझा संस्था क्षेत्री समाज युकेको अध्यक्षमा राजन क्षेत्री निर्विरोध भएका छन् । क्षेत्री समान युके निर्वाचन समितिका अनुसार र्निधारीत मितिमा क्षेत्रीको एक मात्र उम्मेदवारी परे पछि उनी निर्विरोध भएका हुन् । दुई उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा यज्ञ क्षेत्री, टेक बहादुर क्षेत्री, प्रतिमा केसीको उम्मेदवारी परेको छ । यस्तै महाासचिवमा कुमार केसी, सचिव उत्तम खत्री, कोषाध्यक्ष सेवीका केसी, सहकोषाध्यक्ष महेन्द्र केसी, निर्विरोध भए । यस्तै जनसम्पर्क सचिव दील बहादुर जीसी, महिला संयोजक श्रद्धा थापा, सांस्कृतिक सचिव गीता रायमाझी चयन भएका छन् ।

समाजको मिडिया संयोजक नरेन्द्र बस्नेत, र सदस्यहरुमा टोप बहादुर राउत, दुर्गा बानीया, सुनिलबाबु खड्का, सरोज कुमार थापा, मनिष कुमार थापा, मनिष खड्का र इन्द्र क्षेत्री निर्विरोध भएका छन् । समाजको आगामी आइतवार हुने अधिवेशनले उनीहरुलाई औपाचारिक रुपमा र्निवाचित भएको घोषणा गर्ने निर्वाचन समितिले जनाएको छ ।