१४ बैशाख २०८१, शुक्रबार
Follow Us

साकाहारी बन्न मानव समुदायलाई मेरो आग्रह

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७४, मंगलवार १५:०८

लक्ष्मी पन्त ढकाल, सञ्चालक होलीडेज होम क्रियसन
अक्तिरिक्त क्रियाकलाप नै बालबालिकाको सिर्जनाशील क्षमताको अस्त्र हो भन्ने लागेपछि लक्ष्मी पन्त ढकाल डेढ दशकभन्दा लामो अध्यापन पेसा छाडेर बालबालिकाको छुट्टीको सदुपयोग गर्ने अभियानमा जुटिन् । उनको अभियानमा धेरै अभिभावकले साथ दिए । यसै अभियानअन्र्तगत पन्तले अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाजर इप्लानेटको सहकार्यमा च्याम्प चितवन र मिस्टर एन्ड मिस टिन चितवन २०७५ आयोजना गर्ने भएकी छन् । अघिल्लो वर्ष प्रिन्स एन्ड प्रिन्सेस च्याम्प चितवन गरेर अनुभव लिएकी लक्ष्मी होलिडेज क्रियसन होम नारायणगढकी प्रबन्धक हुन् । उनीसँँग सिर्जना अर्यालले गरेको कुराकानी :

० एकैपटक दुईवटा इभेन्ट आयोजना गर्दै हुनु हुन्छ ?
– हामीले यस वर्षको अन्त्यसँगै विद्यालयको छुट्टीको समयको सदुपयोग गर्न च्याम्प चितवन र मिस्टर एन्ड मिस टिन चितवन आयोजना गर्दैछौं । सात देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरेर च्याम्प चितवन र १३ देखि १६ वर्ष उमेर लक्षित गरेर मिस्टर एन्ड मिस टिन चितवन गर्न लागेका हौं । यसका लागि हामीले फागुन १६ देखि चैत १६ गतेसम्म अनलाइन फर्म भर्ने खुल्ला गरेका छौं । एसइई र अन्य परीक्षाका कारण चैत २० गतेसम्म अनलाइन फर्म खुल्ला नै गरेका छौं ।

० यो कस्तो इभेन्ट हो ?
– विशेषतः बालबालिकाको शैक्षिक सत्रको अन्त्यमा हुने बिदाको सदुपयोग गर्ने कार्यक्रम हो । उनीहरूको प्रतिभा प्रस्फुटन एवं व्यक्तित्व विकासलगायत अतिरिक्त क्रियाकलाममा यो कार्यक्रमले रुचि जगाउँछ । यो कार्यक्रममा सहभागी सबै विजेता भन्ने मान्यताअनुसार नै बालबालिकाको लुकेका प्रतिभा प्रष्फुटन हुन्छ । यो उमेर समूहका बालबालिकाले रुचिअनुसार नै आ–आफ्नो खुबी प्रस्तुत गर्न सक्छन् । बालबालिकालाई घरपरिवारमा आदर सत्कार गर्न, आफ्नो बेड आफंै मिलाउन, खाना नफाली खान, बसमा हिँड्दा कागजका टुक्रा बाहिर नफाल्न, सबै साथीभाइसँग मिलेर बस्नलगायतका सानैदेखि सकारात्मक भावना जगाउने कार्यक्रममा हामी केन्द्रित हुन्छौं ।

० पहिलो–दोस्रो छुट्टाउनु हुन्न ?
– हामीले सुरुमै सहभागी बालबालिकालाई यस विषयमा प्रस्ट पारेका हुन्छौं । सहभागी जति सबै विजयी भन्ने आधारमै कार्यक्रम गरेका हुन्छौं । तर, यतिमा माात्रै सीमित राख्दा बालबालिकाले आफ्नो क्षमता उजागर गर्ने कम प्रयास पनि गर्ने हँुदा रहेछन् । उनीहरूलाई ऊर्जाशील बनाउन पनि पहिलो दोस्रोको ¥याकिङ गरेका हौं, गोलाप्रथाबाट छनोट भएका हुन् है भन्ने मान्यता कार्यक्रममा दिएका हुन्छौं, ‘हार्दा पनि हाँस्ने भन्ने हाम्रो ब्यानर नै हुन्छ’ । यो कार्यक्रमबाट बालबालिकामा सकारात्मक भावनाको विकास हुने हुनाले सबै विजयीजस्तै ठान्छन् ।

० इभेन्टमा कति सहभागी हुँदैछन् ?
– दुवै इभेन्टमा ३०–३० जना सहभागी गराउँदैछौं । त्यसका लागि हामीले अनलाइन फर्म भर्ने व्यवस्था गरेका छौं । फर्म भरेका आधारमा छनोटमा परेकालाई सहभागिताका लागि जानकारी गराउँछौ । उनीहरू १५ हजार रकम तिरेर सहभागी हुन सक्छन् । कार्यक्रम अवधिका सबै खर्च हामीले नै मिलाउँछौ । फर्म भरेकालाई चैत २१ देखि २३ गतेसम्म छनोट गरिसक्ने र १५ दिने तालिममा सहभागी गराउँछौं । त्यसपछिको पहिलो चरणमा बालबालिकालाई उनीहरूको प्रतिभा प्रस्तुत गर्न र त्यसपछिका चरणमा प्रतिभा निखार्न प्रशिक्षकको निगरानीमा तालिममा सहभागी गराउँछौ । वैशाख १० गते एक भव्य समारोहका बीच ग्रान्ड इभेन्ट गर्दछौं ।

० चितवनबाहिरका बालबालिका पनि सहभागी हुन सक्छन् ?
– जुनसुकै जिल्लाका पनि सहभागी हुने व्यवस्था गरेका छौं । काठमाडौबाट पनि सात आठजनाले फर्म भर्न‘भएको छ । स्पेनमा बस्ने एकजना नानी पनि यो कार्यक्रममा नै सहभागी हुन आउँदैछिन् ।

० यो कार्यक्रम गर्ने सोच कसरी आयो ?
– मैले लामो समय विद्यालयमा अध्यापन गराएँ, १८ वर्ष बालबालिकालाई नै पढाएँ, पढाउने क्रममा त्यही किताब जतिखेर पनि पढ–पढ भन्यो । किताबबाहेक उनीहरूको प्रतिभाको मूल्यांकन हुँदैन । चौरमा गएर पढौं न मिस एकछिन भन्दा पनि विद्यालयको नियम र परिधिले नमिल्ने, उनीहरूको अक्तिरिक्ति क्षमताबारे शिक्षकले सुन्नै नपाउने यावत् कुराले मेरो मन चिसो हुन्थ्यो । शनिबार र बिदाका दिनमा भए पनि यी बच्चाहरूका लागि केही गर्नै पर्छ भन्ने सोच आयो र मैले पढाउँदै गरेको विद्यालय नारायणगढको लिटिल फ्लावरका लाइवेरियन यशोदा रायमाझीसँग सल्लाह गरेँ । अनि मेरो जेठानी दिदी शारदा ढकाल र केही अभिभावकसँग कुरा गर्दा सबैले खोल्ने सुझाव दिए । २०६९ सालको शैक्षिक सत्रदेखि हामीले होलिडेज क्रियसन होम खोल्यौैं । सुरुमै ६० जना बालबालिका सहभागी भए ।

० अहिले त्यो बन्द छ ?
– गत शैक्षिक सत्रबाट हामीले त्यो बन्द ग¥यौं ।

० किन ?
– बालबालिका र अभिभावककै कारण बन्द भयो, अचेल मोबाइल र नेटको कारण बालबालिका छुट्टीमा आउनै छोडे, बच्चा जानै मान्दैन भन्दै अभिभावक भन्नुभयो । मोबाइल पाएपछि पहिलाजस्तो घर नै छोड्दैनन् रे बालबालिकाले भनेपछि गाह्रो काम त थियो नै, त्यसैले डे तथा नाइट होस्टल चलाएका छौं । बेलाबेलामा यस्तै छोटो बालबालिकाका कार्यक्रम गर्ने सोचमा पुगेर अहिले त्यो अभियान बन्द ग¥यौं ।

० कार्यक्रमका लागि एकदमै दौडधूप गर्दै हुनुहुन्छ ?
– मेरो जीवनशैलीले दुब्लाइयो, ८४ किलो पुगेकी म ७३ मा झरिसकेकी छु । म साकाहारी बन्नेको छु । गत दसंैदेखि साकाहारी बनेकी हुँ ।

० कस्तो छ साकाहारी जीवन ?
– मलाई खानामा अनिवार्य मासु चाहिन्थ्यो । दुई टुक्रा भए पनि मलाई खानामा मासु चाहिन्थ्यो । शिक्षक साथीहरूमा मलाई नै धेरै मासु चाहिन्थ्यो । मनदेखि नै म छोड्छु भने सकिँदोरहेछ ।

० साकाहारी बन्न कुराले प्रेरित ग¥यो ?
– होलिडेज क्रियसन खोलेपछि बालबालिका खुसी हुन्छन् भनेर माछा, कछुवा, मैना, सुगा, कुकुरलगायतका पशुपंक्षी पालेका थियौं, तिनीहरूले नै मलाई साकाहारी बनाएका हुन् । उनीहरूलाई पालेपछि ममा अर्कै भाव जागृत भयो । बोलाए आउँछन्, लुटुपुटु गर्छन्, आत्मीयता दर्शाउँछन् । हामी मान्छे अपराधी रहेछौं, त्यस्ता निर्देष र अवोध पशुपंक्षीको हत्या गरेर खान्छौं । उनीहरूको भावना बुझ्ने प्रयास गर्दैछौं । त्यस्ता निर्दोष पशुपंक्षीलाई कसरी काटेर खानू ?

० अन्तमा केही भन्नुहुन्छ कि ?
– मैले अनुभव गरेको आधारमा मानव साकाहारी नै बन्नुपर्ने रहेछ । साकाहारी जीवनशैलीले धेरै किसिमका असन्तुष्टि हट्ने मात्र होइन, सम्भावनाका ढोका खुल्नेजस्तो पनि लाग्यो । त्यसैले आममानव समुदायमा साकाहारी जीवनशैली अपनाउन आग्रह गर्दै बालबालिकाको क्षमताका लागि अभिभावकले विशेष ख्याल गर्न अनुरोध गर्दछु ।