७ बैशाख २०८१, शुक्रबार
Follow Us

यूटुव मुख्यालयमा गोली चन्दा एकको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७४, बुधबार ०४:४६

न्युयोर्क । विश्वमै लोकप्रिय यू–ट्यूवको मूख्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । एक महिलाले ४ जनालाई गोली हानेर घाइते बनाएपछि आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेको बीबीसीले जनाएको छ ।
अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित यू–ट्यूव मूख्यालयमा एक महिलाले एक ३६ वर्षीय पुरुषलाई गोली प्रहार गरी आक्रमणको शरुवात गरेकी थिइन् ।
ति पुरुष आक्रमणकारी महिलाको पुरुष साथी भएको प्रहरीले अनुमान गरेको छ । आक्रमणकारी महिलाको परिचय खुलाइएको छैन गुगलको स्वामित्वमा रहेको यू–ट्यूव मूख्यालयमा करिब १७ सय कर्मचारी छन् । घाइते मध्ये एकको अवस्था चिन्ताजनक छ ।