११ बैशाख २०८१, मंगलवार
Follow Us

उपसचिव झुन्डिएको अवस्थामा

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७४, बुधबार ०७:२६

बुटवल । प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आचार्यलाई आफैं बस्दै आएको आएको क्वार्टरको पंखामा झुन्डिएको अवस्थामा प्रहरीले मंगलबार मृत फेला पारेको हो । चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक स्थायी घर भएका आचार्य केही समयदेखि डिप्रेसनबाट पीडित थिए ।

मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका अर्याल एक्लै कोठामा बसेको र संगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । उनीसंगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए ।