१२ बैशाख २०८१, बुधबार
Follow Us

एमालेमा उपनेताको जिम्मेवारी नेम्वाङलाई, स्थायी कमिटी बैठक वैशाख ६ गते

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७४, बुधबार १२:४६

काठमाडौं । नेकपा एमालेले सुवास नेम्वाङलाई संसदीय दलको उपनेता चयन गरेको छ । संसदीय दलको आज बसेको बैठकले संविधानसभाका पूर्वअध्यक्ष एवं सभामुख समेत रहिसक्नु भएका नेम्वाङलाई उपनेता बनाएको हो । नेम्वाङ तत्कालिन व्यवस्थापकीका संसदको सभामुख समेत रहिसक्नुभएको छ ।

एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो । बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए । एमाले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन् ।

स्थायी कमिटीको बुधवार बसेको बैठकले आगामी वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय लिएको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए ।