१६ चैत्र २०८०, शुक्रबार
Follow Us

छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७४, बुधबार १३:२८

लमजुङ । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा हालिएको प्रहरीले जनाएको छ ।