१२ बैशाख २०८१, बुधबार
Follow Us

पर्यटक बसमा ११ किलो रक्तचन्दन

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७४, बुधबार १३:३१

काठमाडौं । काठमाडौं–नयाँदिल्ली रुटमा चल्ने पर्यटक बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ । नयाँदिल्लीबाट काठमाडौं आएको ना४ख ४५१६ नम्बरको पर्यटक बसबाट ११ किलो रक्तचन्दनसहित प्रहरीले बुधबार बिहान कलंकीबाट दुईजनालाई नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा कालिमाटी प्रहरीले बिहान ३ बजे बसमा चेकजाँच गर्दा गाडीमा फल्सबटम बनाइ लुकाइराखेको अवस्थामा माला बनाउनका लागि तयार गरिएको रक्तचन्दनका १३ सय २ दाना फेलापरेको जनाइएको छ ।