१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतीलाई कस्तो यौन रोग लाग्यो ?

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७४, बुधबार १४:२६

एकजना बेलायती पुरुषलाई सुपर गोनोरिया (सुजाक) भन्ने यौन रोग लाग्यो । यो यौनसम्बन्धी गम्भीर रोग भएको बताइन्छ । यी बेलायती पुरुषको यौन सम्पर्कका लागि एकजना नियमित साथी छन् । दक्षिण पूर्वी एसियाको यात्राका बेला एकजना महिलासँग यौन सम्बन्ध राखेपछि उनलाई गोनोरिया सरेको हो ।

पब्लिक हेल्थ इंग्ल्यान्डका अनुसार यस्तो घटना बेलायतमा पहिलो हो । यो रोगलाई एन्टिबायोटिक्सले निको बनाउन सक्दैन । स्वास्थ्यकर्मी अहिले यी पुरुषको अन्य कुनै सम्भावित सेक्स पार्टनरको खोजी गरिरहेका छन्, ताकि यस्तो रोगको संक्रमण अरुतिर नफैलियोस् । ती बेलायती पुरुषलाई यही वर्ष यो रोगको संक्रमणले भेटेको हो ।

अहिलेसम्म दिइएको एन्टिबायोटिक्सले रोग निको हुने कुनै लक्षण देखिएको छैन । पब्लिक हेल्थ इंग्ल्यान्डसँग सम्बन्धित ग्वेन्डा हग्सले भने, ‘यो पहिलो घटना हो, अहिलेसम्म प्रयोगमा आएका एन्टिबायोटिक्स औषधि प्रयोग गरिसक्यौ, तर रोग निको हुने कुनै लक्षण देखिएको छैन ।’ विश्व स्वास्थ्य संगठन र युरोपियन सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार यो संसारको आफ्नै किसिमको रोग हो, जुन पहिलो घटना बनेको छ ।

के हो गोनोरियाको लक्षण ?
यसका विरामी निस्सिरिया गोनोरिया नामको ब्याक्टोरियाबाट संक्रमित हुन्छन् । यो संक्रमण असुरक्षित यौन सम्बन्ध, ओरल सेक्स र अप्राकृतिक यौन सम्पर्कबाट फैलिन्छ । जुन व्यक्तिमा यो संक्रमण हुन्छ, तिनीहरू १० मध्ये एकजना हेट्रोसेक्सुअल पुरुष, तीन चौथाइभन्दा बढी महिला, समलिंगी पुरुषमा यसको लक्षण देखिँदैन ।

यसको लक्षण यौनांगमा दाग देखिन्छ, जहाँबाट हेरियो रंगको थोपा निस्कन्छ । पिसाब गर्दा अत्यधिक पीडा हुन्छ । महिलामा महिनावारी हुँदा दुईपटक रक्तश्राव हुन्छ । यदि यो संक्रमणको उपचार गरिएन भने महिलामा बाँझोपन हुन्छ । यौन अंगमा दुख्ने र पोल्ने हुन्छ । यदि गर्भावास्थामा यो रोग लाग्यो भने शिशु पनि संक्रमित हुन्छन् ।

जुन पुरुषमा गोनोरियाको गम्भीर असर देखिएको छ भने त्यसको विश्लेषण गरेर एन्टिबायोटिक औषधिले काम गर्न सक्छ । तत्काल बेलायती पुरुषमा उपचार भइरहेको छ । उपचार उपयोग भएको वा नभएको आउँदो महिना मात्र थाहा हुनेछ । अहिलेसम्म यस्तो समस्या भएको विरामी भेटिएको छैन । ती पुरुषकी बेलायती यौन पार्टनलाई यो रोगको संक्रमणले छोएको छैन । यद्यपि स्वास्थ्य विभागले ती महिला पार्टनरको पनि अनुसन्धान गरिरहेको छ ।

डा. हग्स भन्छन्, ‘हामीले यो घटनालाई गम्भीर रूपमा लिएका छौं, यो संक्रमण अन्य व्यक्तिमा नफैलियोस् भन्ने कुरामा हामी सचेत छौं । डाक्टरहरूले धेरैअघिदेखि नै यस्तो समस्या आउन सक्ने चेतावनी दिइसकेका थिए । विशेष गरी यो संक्रमण सुपरबाग भयो भने यो रोगमा एन्टिबायोटिक प्रभावकारी बन्न सक्दैन । ब्रिटिस एसोसिएसन अफ सेकसुअल हेल्थ एन्ड एचआईभीका अध्यक्ष डा.आलेवन विलियम्स भन्छन्, ‘एन्टिबायोटिकलाई प्रभावहीन बनाउने यो गोनोरिया संक्रमण गम्भीर चिन्ताको विषय हो ।’