१४ बैशाख २०८१, शुक्रबार
Follow Us

छुरा प्रहारबाट लण्डनमा एक जना मारिएका

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७४, बुधबार २२:२६

लन्डन । लन्डनको हयाक्नी क्षेत्रमा छुरा प्रहारबाट एक जना मारिएका छन । मेट्रोपोलिटन प्रहरीका अनुसार छुरा प्रहारबाट बुधवार करिब २० वर्षको एक जना पुरुष मारिएका हुन् । छुरा प्रहारबाट घाइते उनको उपचारको क्रममा निधन भएको हो । यस अघि सोमबारमात्र अर्का एक जना छुरा प्रहारबाट मारिएका थिए । यो वर्षमात्र लन्डनमा ४९ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।