४ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल आईडलका तीन स्टार बुद्ध, निशान र प्रताप बार्सिलोना आउँदै

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७४, बुधबार २२:३४


बिजय शर्मा ।

स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनको आयोजनामा बार्सिलोनामा नेपाली नयाँ बर्ष सांगीतिक साँझ २०७५ आयोजना हुने भएको छ।

समितिले यहि अप्रिल १७ तारिख मंगलबारका दिन नेपाली नयां वर्षमा आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाल बार्सिलोना आउने समितिका महामन्त्री रामप्रसाद सापकोटा (बिराज शर्मा) ले जानकारी दिएका छन्।

नेपाली जनसम्पर्क समिति स्पेनले हरेक वर्ष नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम यस वर्ष पनि भब्यताका साथ आयोजना गर्न बिशेष तयारी गरिरहेको छ।

समितिका महामन्त्री रामप्रसाद सापकोटा बिराज शर्माका अनुसार कार्यक्रमलाई सफल बनाउन स्पेनमा रहेका सबै सामाजिक संस्था, पत्रकार लगायत स्पेनमा बस्ने नेपालीहरुलाई सहयोगका लागि अपिल गरेका छन्। थप जानकारी केहि समय पछि आउने छ।