१३ बैशाख २०८१, बिहीबार
Follow Us

करोडभन्दा बढी प्रयोगकर्ताका फेसबुक विवरण दुरुपयोग

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७४, बिहीबार ०४:३६

लन्डन । विश्वभरका ८ करोड ७० लाख प्रयोगकर्ताका फेसबुक विवरण दुरुपयोग भएको खबर आएको छ । केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदाता संस्थाले पहिले सोचिए भन्दा निकै बढी विवरण लिएको फेसबुकको दावी छ । ती मध्ये ११ लाख फेसबुक प्रयोगकर्ता बेलायतका रहेको बीबीसीले जनाएको छ ।

गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि बताउनु भएको थियो । फेसबुकका प्रमुख मार्क जुकर्बर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा “अझै धेरै गर्न सकिन्थ्यो“ भन्दै त्यस विषयमा “थप काम गरिने“ बताउनु भएको छ ।