८ बैशाख २०८१, शनिबार
Follow Us

एमाले–माओवादी बैठकः विवादित विषयमा छलफल नै भएन

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७४, बिहीबार ०८:४२

काठमाडौं । पार्टी एकता संयोजन समितिले आगामी बैशाख ९ गते पार्टी एकता गर्ने तयारी थाल्न एमाले र माओवादीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा नेताहरुले कार्यदलको सांगठनिक र अन्तरिम विधान मस्यौदाबारे आफ्नो धारणा राखेका थिए । तर, विवादित विषयहरुमा प्रवेश नै नभएको बैठकमा सहभागि नेताले बताएका छन् ।
‘केन्द्रीय कमिटीको संख्या लगायतको विषयमा छलफल नै नभएको बताइएको छ । प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि २७ गते बैठक बस्ने र त्यही छलफल हुने नेताहरुले बताएका छन् ।