२६ बैशाख २०८१, बुधबार
Follow Us

सेन्डिकेटपक्षधर पछि हटे, गाडी चल्न सुरु

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७४, बिहीबार ०८:४५

काठमाडौं । सरकार कडारुपमा प्रस्तुत भएपछि सिन्डिकेट पक्षधर यातायात व्यवसायीले अवरोध हटाएका छन् । उनीहरुको अवरोध हटेपछि अहिले कोटेश्वरपूर्वका यातायात सञ्चालनमा आएका छन् ।

सरकारले सुविधायुक्त मयूर यातायातलाई रुट परमिट दिएको विरोधमा विगत पाँच दिनदेखि काठमाडौं बनेपा रुटमा यातायात ठप्प भएको थियो । सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि सिन्डिकेट पक्षधर व्यवसायी पछि हटेका हुन् । सिन्डिकेट गर्ने व्यवसायीको रुट परमिट खारेज गर्ने चेतावनी दिँदै सरकारले काठमाडौं बनेपा रुटमा नयाँ यातायात समितिलाई हिजोदेखि नै रुट परमिट दिन थालेको छ ।

८ वटा नयाँ समितिले काठमाडौं बनेपा रुटमा अस्थायी रुट परमिट लिएका छन् । काठमाडौं बनेपा रुटमा नयाँ बस समितिले गाडी चलाउन थालेपछि कोटेश्वरपूर्व गाडी चलाउन रोकेका १३ वटै समितिले आज विहानैदेखि गाडी चलाउन थालेका हुन ।