१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आगलागीबाट दश लाख बराबरको क्षति

sarusaru
२२ चैत्र २०७४, बिहीबार १२:३८

राजविराज -सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ ।

स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हँुदा करिब रु १० लाखको क्षति भएको बताइएको छ ।

आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब रु १० लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
-रासस