८ बैशाख २०८१, शनिबार
Follow Us

सलमान खान ६ वर्षको लागि जेल

sarusaru
२२ चैत्र २०७४, बिहीबार १२:५१

भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको मुद्दामा दोषी ठहर गरेको छ। खानले एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिमी राज्य राजस्थानमा दुइटा कृष्णसार मारेका थिए।
उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ। खानले अब एकदेखि छ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ।
पुनरावेदन
तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्। खानविरुद्ध मुद्दा लागेर दोषी ठहर भई कानुनी झमेलामा पर्नुपरेको यो पहिलोपटक हो। यसअघि सन् २००२ मा एकजना घरबारविहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा छुटकारा पाएका थिए।
निर्दोष
जनावर सिकार गरेको अभियोग यी अभिनेतालाई लागेको यो चौथोपटक हो। सन् १९९८ मा ुहम साथ साथ हेुं चलचित्रको छायाङ्कनका बेला दुर्लभ कृष्णसारको सिकार गरेको अभियोगमा उनलाई मुद्दा लागेको थियो। यसअघिका तीन वटा मुद्दामा भने उनी निर्दोष साबित भएका थिए ।
-बिबिसि