१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतीय रेड लाइट एरियाबाट ९ नेपालीको उद्दार

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७४, बिहीबार १४:३६

नयाँ दिल्ली । भारतको एक रेड लाइट एरिया प्रहरीले छापामार्दा पाँच नेपाली युवती पनि पक्राउ परेका छन । आग्रामा रहेको उक्त ‘रेड लाइट एरिया’बाट ९ युवतीको उद्धार गरेकोमा पाँच जना नेपाली भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाँकी ४ जना भारतकै असम राज्यका किशोरी रहेको बताइएको छ ।

नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न प्रलोभनमा पारेर यौन धन्दामा लगाउँदै आएको सुराकी पाएपछि बुधबार प्रहरीले छापा मारेको थियो । बाहिरबाट ताला लगाएको अवस्थामा रहेका कोठाहरु प्रहरीले बलपूर्वक खोलेको थियो ।

ती कोठामा थुनिएको अवस्थामा किशोरीहरु फेला परेको बताइएको छ । प्रहरीले उद्धार गरिएका किशोरीहरुलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखिएको बताइएको छ ।

कोठी संचालकलाई पनि पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । नेपालमा मुख्य कार्यलय भएको चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको माइती नेपालको पहलमा सो कारवाही गरिएको बताइएको छ ।

नेपालबाट तीन किशोरीलाई आग्रा ल्याएर देहव्यापारमा लगाइएको सूचनाका आधारमा सो संस्थाले स्थानीय प्रहरीमा आवश्यक कारवाहीका लागि उजुरी गरेको थियो ।