६ बैशाख २०८१, बिहीबार
Follow Us

विज्ञ सम्मेलनको जानकारी दिन काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनआरएन

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७४, बिहीबार २०:०३

 काठमाडौं । गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा आयोजना गर्ने विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य तीव्र पारेको छ ।

यसैबिच विज्ञ सम्मेलन, विधान सभा र गैरआवासीय नेपालीहरुको सामूहिक लगानीबारे हालसम्म भएका गतिविधिहरुको जानकारी गराउनका लागि भोली (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

काठमाडौंको नागपोखरीस्थित गैरआवासीय नेपाली संघको सचिवालय (विवि एयरवेज तथा टिबिआइ गु्रपको चौथो तल्लाको हल)मा पत्रकार सम्मेलनको आयोजना गरिएको सचिवालयले जनाएको छ।

दिउँसो २ः३० बजेका लागि पत्रकार सम्मेलनको समय तालिका तोकिएको छ । एनआरएनएले सहभागीताका लागि पनि सबैलाई आग्रह गरेको छ।

मितिः २०७४ चैत्र २३ शुक्रबार
स्थानः गैरआवासीय नेपाली संघको सचिवालय, नागपोखरी (विवि एयरवेज तथा टिबिआइ गु्रपको चौथो तल्लाको हल)
समयः दिउँसो २ः३० बजे
सम्पर्क व्यक्तिः डा. हेमन्त दवाडी
सम्पर्क नम्बरः ९८५१०४५८६९

विज्ञ सम्मेलन, विधान सभाको तयारीको लागि अहिले संघका अध्यक्ष भबन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि केसी र सलाहकार डा. हेमराज शर्मा काठमाडौँमा जम्मा भएका छन् ।