८ बैशाख २०८१, शनिबार
Follow Us

विप्लव र चित्रबहादुरबीच मोर्चाबन्दी

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७४, शुक्रबार ०५:०२

काठमाडौं । चुनावमा एमाले र माओवादीसँग मिलेर संसदमा एक सिटको प्रतिनिधित्व गर्दै आएको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेको छ । यो गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपासमेत सहभागी भएका छन् ।

चारवटा वामपन्थी समूहले गठबन्धनको घोषणा गर्दै ओली सरकारको भारत नीतिविरुद्ध आन्दोलनको कार्यक्रमसमेत तय गरेका छन् । चारदलको संयुक्त बैठकपछि जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र माओवादी नेता मोहन वैद्यका साथै ऋषि कट्टेल र खड्गबहादुर विश्वकर्मा प्रकाण्डद्वारा जारी विज्ञप्तिमा केपी ओलीले भारत भ्रमणका क्रममा पुराना असमान सन्धीलाई निरन्तरता दिन लागेको भन्दै आपत्ति जनाइएको छ ।

साथै प्रधानमन्त्री ओलीले दिल्लीमा मोदीसँग मिलेर अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त रुपमा शिलन्यास गर्न लागेको भन्दै चार दलले विरोध गरेका छन् । प्रधानमन्त्री ओलीको यो कार्यविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने चार दलले जनाएका छन् ।