१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन रसियाद्वारा सहयोग हस्तान्तरण

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७४, शुक्रबार ०५:०२

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रसियाले नेत्र दुवै मिर्गौला फेल भएपछि हाल काठमाण्डौंमा उपचाररत नेत्र बहादुर खत्रीलाई आर्थिक सहयोग गरेको छ । खत्रीलाई १ लाख ८२ हजार ९ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको समन्वय समिति रसियाले जनाएको छ । गैर आवासीय नेपाली संघको सचिवालय काठमाण्डौमा अप्रिल ५ मा खत्रीका आफन्तलाई राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौंतम र गैरआवासीय नेपाली संघका सचिव जानकी गुरुङ्गले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

खत्री लामो समयसम्म रसियामा रोजगारीको सिलासिलामा रहनुभएको थियो । उहाँको हाल राष्ट्रिय मिर्गौला केन्द्रमा उपचार भइरहेको छ । कार्यक्रममा ओसेनियाका क्षेत्रीय महिला उपसंयोजक प्रीति शर्मा, एनसिसि रसियाका संरक्षक उत्सव कुमार अमात्य, एनसिसि कोरीयाका महासचिव डा. इन्दिरा तिवारी र विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।