१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली दिल्लीमा, भारतीय गृहमन्त्रीद्वारा स्वागत

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७४, शुक्रबार ०७:१८

नयाँदिल्ली । प्रधानमन्त्री केपी ओली तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन । उनलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन ।

तीन जना मन्त्री, उच्च सरकारी अधिकारी र उद्योगी व्यवसायी सहितको टोलीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओली दिल्ली गएका हुन । भ्रमणमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, उद्योगमन्त्री मातृका यादव र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, ओलीका राजनीतिक सल्लाहकार र मुख्य सचिव समेत सहभागी छन् । अजरवैजानमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने उतैबाट दिल्ली पुग्नेछन् ।

प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेका हुन । प्रधानमन्त्री ओलीले आजै नेपाल र भारतका उद्योयी व्यवसायी तथा भारतमा रहेका नेपाली समुदायसँग पनि विशेष भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले दिल्लीमा रहदा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीले भोलि भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटघाट गर्नेछन् ।

भ्रमणका क्रममा वीरगञ्जस्थित एकीकृत जाँच चौकीको दुवै प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्रीले पर्सी पटनामा रहेको जीपी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्रीलाई विद्यावारिधीले सम्मानित गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रमा विशिष्ट पाहुनाका रूपमा प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा रहने छन् । भ्रमणले संविधान जारी गर्ने बेला र त्यसपछि नाकाबन्दीका कारण चिसिएको नेपाल भारत सम्वन्धमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।